ललिता निवास जग्गा प्रकरणमा छानविन हुँदैछ, दोषीमाथि छिट्टै कारबाही अघि बढ्छः मन्त्री अर्याल

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता गर्नेमाथि छिट्टै कारबाही अघि बढ्ने बताएकी छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले जटिल विषय भएकाले अनुसन्धानमा समय लागेको बताइन् ।

अनुसन्धानमा कमजोरी भए अदालतले प्रश्न उठाउन सक्ने भएकाले विधि पु¥याएर अनुसन्धान गरिएको मन्त्री अर्यालको भनाइ छ ।

‘सीआईबी र अख्तियारले बयान गराउँदा समय लाग्यो, त्यसकारण यो विषयमा निश्कर्ष आउन ढिलाइ भइरहेको छ’ उनले भनिन् ‘हामीले काम गर्छौं, अदालतले प्रश्न उठाइदिन्छ, अदालतले प्रश्न उठाएपछि हाम्रो मिहिनेत खेर जान्छ ।

मिहिनेत खेर नजाओस् भनेर विधि पु¥याएर जाऔं भन्दा ढिला भयो । अब छिट्टै नतिजा देखिन्छ ।’

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी भएको विषयमा अहिले मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।