शिक्षक मृत फेला परे

0
Shares

दयाराम पण्डित, बाजुरा ।

खप्तड छेडेदह गा.पा.वडा नं.३ बुडाबाबलामा एक शिक्षक सोमवार साँझ आफ्नै कोठामा मृत अबस्थामा फेला परेका छन् । सिराह औराही गा.पा.३ घर भई अंन्दाजी बर्ष ५५ का राम दयाल यादब मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख टंकप्रसाद भट्टराईले बताउनुुभएको छ।

मृतक शिक्षक यादव पुडाबाब्लाका स्थानीय परे बुढाको घरमा डेरा गरी बस्दै आएका प्रहरीले बताएकोछ। हिजो विहान छाति दुःख्यो भनेर विद्यालयबाट निस्केका शिक्षक यादव साँझ अबेरसम्म कोठाबाट ननिस्केपछि घरवेटीले प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरी र स्थानीय मेडिकलबाट स्वास्थ्य कर्मी बोलाईचेकजाच गर्दा मृत अवस्थामा भेटिएको बाजुरा प्रहरी प्रमुख भटराईले बताउनुभएको छ । शिक्षक यादव छेडेदह गाउपालिकको भवानी मा.बि.मा कार्यरत थिए ।

घटना स्थल डोगडी प्रहरी चौकी बाट ३ घण्टा पैदल दुरी पर्छ । पोष्टमार्टमका लगि आजै जिल्ला अस्पताल मार्तडी ल्याइने प्रहरीले बताएको छ ।