बेलबारीकी उपमेयरको गीति भिडियो सार्वजनिक

0
Shares

कवि तथा गीतकार तारा पराजुलीद्वारा रचित प्रेमपरक गीत सहारा हौ मेरो दिलमा घर गरेको मान्छे तिमीमाथि निर्मित भिडियो सार्वजनिक गरिएको छ। भिडियो ओएसआर डिजिटलको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

मोरङको बेलबारी नगरपालिकाकी उपमेयरसमेत रहेकी अर्को राजमार्ग कविताकृतिकी सर्जक गीतकार पराजुलीको गीति–रचनामा संगीतकार भीम बिसीले संगीत दिएका छन् भने बिसी र गायिका सरु गौतमको स्वर रहेको छ।

संगीत संयोजन पुष्कर सुनुवारको रहेको छ। सुन्दर लोकेसनमा छायांकन गरिएको गीतको भिडियो दीपक एम सिंहले निर्देशन गरेका छन्।

भिडियोको छायांकन दीपक गिरी र सम्पादन अमृत चापागाईंको रहेको छ। भिडियोमा दिनेश कठायत ‘काजी’ र रजिना बिष्टले अभिनय गरेका छन्।