काठमाडौं, (नेस)।
साना बालबालिकाको समग्र विकास गर्ने उद्देश्यले किन्डर ओलम्पिक बुधबार आयोजना हुन लागेको छ।
अर्ली चाइल्डहुड एजुकेसन टिचर्स एसोसिएसनको आयोजनामा हुने ओलम्पिकमा २८ विद्यालयका १ हजार २ सय बालबालिकाले विभिन्न खेलमा प्रतिस्पर्धा गर्ने आयोजक संस्थाले जनाएको छ।
लगनखेलस्थित सैनिकको मैदानमा हुने किन्डर ओलम्पिकमा ३ देखि ५ वर्षसम्मका बालबालिका सहभागी हुनेछन्।
प्रतिक्रिया