भिडियोमा आयो डलर

0
Shares

पछिल्लो समयमा चर्चित बनेकार्यापर मिस्टर आरजे अर्थात् राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको स्वर रहेको डलर बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।

नवराज कलौनीको शब्द तथा राजेन्द्र भट्टको संगीत रहेको गीतमा आर्जन स्वयंका साथमा वर्षा राउत, कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचरिङ गरिएको छ।

गायक आर्जन यसअघि घाँटीभन्दा तल त राम्रै हो बोलको गीतको भिडियो सार्वजनिक गरेर विवादमा तानिएका थिए। यस गीतमा भने उनको तारिफ भएको छ।

कोरियोग्राफर गम्भीर विष्टको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियो नवराज उप्रेतीले खिचेका हुन् भने इन्टेन्स्ड इल्डले सम्पादन गरेको छ।

मनोज बस्नेतको निर्माणमा बनेको डलर गीतको भिडियोलाई एटके एभरेस्ट मोसन पिक्चर्सले युट्युबमा सार्वजनिक गरेको हो।