काठमाडौं, (नेस)।
संस्थागत विद्यालयहरूको संगठन (ओप्स) को आयोजनामा पाँचौं ओप्स खेलकुद सप्ताह बुधबारदेखि हुने भएको छ।
सिर्जना ज्ञान सागर स्कुलमा भएको पत्रकार सम्मेलनमा ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले खेलुकद सप्ताहमा विभिन्न २३ विद्यालयले ४ खेल ब्याडमिन्टन, फुटबल, भलिबल र एथ्लेटिक्समा प्रतिस्पर्धा हुने जानकारी गराए।
उनका अनुसार ब्याडमिन्टन र एथ्लेटिक्समा एक खेल एक विधाका आधारमा ब्वाइज–गल्र्स सिंगल्स र मिक्स डबल्समा खेल हुनेछ।
भलिबलमा ब्वाइज–गल्र्स, एथ्लेटिक्समा ब्वाइज–गल्र्सको हाइजम्प, लङजम्प, १ सय मिटर दौड, २ सय मिटर दौड, ४ गुणा १०० मिटर रिलेमा खेल हुनेछ। १६ टिमको सहभागिता रहने ब्वाइज फुटबल सिर्जना ज्ञान सागरले आयोजना गर्नेछ।
प्रतिक्रिया