भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार

0
Shares

न्युज अफ नेपाल धनगढी ।

धनगढीमा विभिन्न कार्यक्रम आयोजना गरी २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । वि.सं १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ दिवस मनाइएको हो । नेपाल इन्जिनियर्स एशोसिएसनले सो दिवसका अवसरमा धनगढी विभिन्न कार्यक्रमहरु आयोजना गर्यो ।

दिवसका दिन बिहान जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, शसत्र प्रहरी बल, नेपाल प्रहरी, रेडक्रस, जिल्लाका सबै सरकारी कर्मचारीको उपस्थितीमा धनगढी बजारमा प्रभात फेरी कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रभातफेरी मार्फत उनीहरुले भुकम्प र त्यसबाट हुने क्षेतीको बारेमा जनचेतना प्रदान गरेका थिए । यस्तै सोही अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसन, सूदुरपश्चिम च्याप्टरले भूकम्पको विषयमा अन्तरक्रिया पनि गरेको थियो ।

नेपालमा वि.सं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन थालेको थियो । दिवस मनाउन थालेपछि वि.सं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो, आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए ।

नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रे, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पु¥यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो ।