सेटिन बार्सिलोनाका नयाँ प्रशिक्षक

0
Shares

लन्डन, (एजेन्सी) ।
बार्सिलोनाले प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेलाई बर्खास्त गरेसँगै क्विक सेटिनलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ। बार्सिलोनाले बेवसाइटमार्फत् विज्ञप्ती जारी गर्दै सेटिनलाई नयाँ प्रशिक्षकमा नियुक्ति गरेको जनाइएको हो।

सेटिन रियल बेटिसका पूर्व प्रशिक्षक हुन्। सेटिनसँग सन् २०२२ को जुन ३० सम्मका लागि बार्सिलोनाको पहिलो टोलीलाई प्रशिक्षण दिने सहमति भएको छ। ६१ वर्षिय सेटिनले आक्रामक फुटबलमा केन्द्रित हुने बताएका छन्।

२००१ देखि उनी प्रशिक्षणमा सामेल भएका थिए। उनले रेसिङ साटान्डारलाई शीर्ष स्थानमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले पोली इजिडो, इक्वोटोरियल गुइने र लोर्गोनेस टोली पनि सम्हालिसकेका छन्। उनले लुगोमा पनि ६ वर्ष बिताउने क्रममा टोलीलाई स्पेनिस दोस्रो श्रेणीको लिगमा स्थापित गराउन सफल बने।

त्यसपछि २०१५ मा उनी लास पालमास हुँदै २०१७ मा बेटिस पुगेका थिए। उनले आफ्नो पहिलो सिजनमै टोलीलाई युरोपा लिगमा छनोट गराए। त्यही सिजन बेटिस कोपा डेल रेको सेमिफाइनलसम्म पुगेको थियो।

तीन वर्षको सम्झौता हुँदाहुँदै बोर्डसँगको सम्बन्ध बिग्रिएपछि उनले क्लब छोड्नु परेको थियो, यता गत साता स्पेनिस सुपर कपको सेमिफाइनलमा एट्लेटिको मेड्रिडसँग बार्सिलोनाले भोगेको हार नै प्रशिक्षक सेटिनको बर्खास्तिको कारण मानिएको छ।