वर्षाको ‘सिउदो’ सार्वजनीक

188
Shares

कालीबहादुर मल्ल, कालिकोट ।

कर्णाली प्रदेशको विकट जिल्ला कालिकोट विपन्न परिवारमा जन्मीयकी चर्चित अभिनेत्रीका रुपमा परिचित वर्षा भण्डारा अभिनय रहेको म्युजिक भिडियो सिउदो शुक्रबार सार्बजनिक भएको छ ।

“सिउदोमा सिन्दुर भरेर लयो, अलपत्र परी छोडेर गायौ” वोलको म्युजिक भिडियोमा बर्षा,चेतन बोहरा,ऋतु देउबा लगाएतले अभिनय गरिएको छ ।

लोकप्रिय गायिका शान्ति श्री परियारको आवाजमा रहेको गीतको शब्द स्वयम अभिनेतृ वर्षा भण्डारा कै रहेको छ । भिडियो एरेन्ज कमल सौराग, लय राजकुमार बगर,निर्देसन दिपक साँउद र क्यामेरा सम्पादन अमित बिश्वकर्माकोे रहेको छ । भण्डारा समाजको प्रस्तुति उक्त भिडियोमा समाजका गरिव विपन्न परिवारमा घटिरहने एउटा यथार्त घटनालाई डेखाईएको छ ।

कालिकोटको तिलागुफा नगरपालिका छाप्रेमा स्वर्गीय पिता दर्शनपाल र माता पवित्राको कोखबाट जन्मीयकी अभिनेत्री भण्डारा घरमा बावा,आमा,दाजु ,भाई कोही नहुदा भिडियो निमार्णका क्रममा आर्थिक कठिनाइ भएको वताउनु हुन्छ । सुरुमा भिडियो निमार्णका लागि तिलागुफा नगरपालिकाले सहयोग गर्ने आश्वासन दिएपनि तीन महिनासम्म नगरपालिका कार्यालयसम्म धाउदा अन्तमा खालिहात पठाएको उहाँको भनाइ रहेको छ ।

“सहयोग गर्छु भन्ने मान्छे तथा निकायले सहयोग नगर पछि भण्डारा समाजको सहयोमा म्युजिक भिडियो निमार्ण गरिएको हो उहाँले भन्नुभयो ।”