राजेश र लक्ष्मीको स्वरमा सुनील र अञ्जलीको रोमान्स


गायक राजेशपायल राई र गायिका लक्ष्मी आचार्यको स्वर रहेको नयाँ गीत मन पराउँछौ सार्वजनिक भएको छ। आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक गीतको भिडियोमा सुनील क्षत्री र अञ्जली अधिकारीको रोमान्स देखाइएको छ।

गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन र अमृत चापागाईंको सम्पादन छ भने कोरियोग्राफी तथा निर्देशन मोडल सुनील आफैंले गरेका छन्।

बेला–बेलामा फरक–फरक शैलीको गति सार्वजनिक गरेर चर्चामा रहने गरेकी लक्ष्मीको यो गीत बालकदेखि वृद्धसम्मको रोजाइमा पर्ने खालको छ।

सार्वजनिक हुने बित्तिकै धेरैको रोजाइमा परेको यो गीतलाई सुन्नेले सकारात्मक प्रतिक्रिया दिएका छन्। डीबी खड्काको शब्द र विनोद पराजुलीको संगीत रहेको गीत डान्सिङ शैलीमा तयार पारिएको छ।