सुनको मूल्य प्रतितोला ७६ हजार ५ सय

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाली बजारमा बुधबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ। मंगलबारको तुलनामा बुधबार छापावाल सुन १ हजार रुपियाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७६ हजार ५ सय रुपियाँमा कारोबार भएको छ।मंगलबार छापावाल सुन प्रतितोला ७५ हजार ५ सय रुपियाँमा कारोबार भएको थियो।

बुधबार तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपियाँमा कारोबार भएको छ। यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ। यसदिन चाँदी प्रतितोला ९ सय २० रुपियाँमा कारोबार भएको छ।