![](https://newsofnepal.com/wp-content/uploads/2019/09/Death_.png)
नेपाल समाचारपत्र, गुल्मी।
गुल्मीमा २ जना बुहारी मिलेर सासुको हत्या गरेका छन्। इस्मा गाउँपालिका–३ सिमपानीकी ७६ वर्षीय कौशीला बिकलाई बुहारी २३ वर्षीय देवी बिक र २८ वर्षीय लक्ष्मी बिक मिलेर सासूको हत्या गरेका हुन।
२ जना बुहारी मिलेर सुनका गहना लुट्ने योजनामा सासुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक(डिएसपी) मिनबहादुर घलेले बताउनुभयो।
उनिहरूले गत पुस १७ गते सासुलाई गोरु फुकेको योजना बनाई गोठमा लगेर काठको चिर्पटले हानेर बेहोस बनाई नाक कानमा लगाएका सुनका गहना लुटेको प्रहरीले जनाएको छ।
गहना लुटेर गोरुले हानेर घाइते भएको भन्दै छिमेकीलाई खबर गरेर उपचारको लागि गुल्मी अस्पताल ल्याएको प्रहरीको भनाई छ। गम्भीर घाइते भएकी कौशीलालाई तम्घासमा उपचार सम्भव नभएपछि प्रादेशीक अस्पताल लगिएको थियो।
उपचारको क्रममा कौशला बिकको पुस १९ गते मृत्यु भएको थियो। मृतक बिकको टाउकोमा लागेको चोट सहित शवलाई हेर्दा गोरुले हानेको नभई मान्छेले हानेको जस्तो देखेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा २ बुहारी मिलेर हत्या गरेको खुलेको प्रहरी नायव उपरिक्षक घलेले बताउनुभयो।
सासूको हत्या गर्ने मध्येकी देवी बिकसँगै बस्दै आएको प्रहरीले जनाएको छ। साँझ मृतक कौशीलाका श्रीमान मासु लिन गएका र अन्य कोही नभएको मौका पारि देवी र लक्ष्मीले सासूलाई गोरुको गोठमा गएको बेला दाउराले हानेर बेहोस बनाई गहना लुटने योजना बनाई हत्या गरेको प्रहरीले जनाएको छ।
हत्या गर्ने अभियुक्त देवीका श्रीमान वैदेशीक रोजगारीमा र अर्की लक्ष्मीका श्रीमान् घरमै रहेको बताइएको छ। हत्या गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।