ताराले ल्याइन् लुकी लुकी


गीतकार तारा अधिकारीको अर्को गीत लुकी लुकी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। प्रमोद खरेलको स्वर रहेको गीतमा संगीत रमेश कडरिया र उदयराज पौडेलको एरेन्ज छ।

भिडियोमा नाजिर हुसेन र एलिसा राईको अभिनयसहितको नृत्य छ। राजीव समरको कोरियोग्राफी रहेको गीतलाई शिलन लम्सालले सम्पादन गरेका छन्।

भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् भने निर्देशन शान थापाले गरेका छन्। टौवा क्रियसनले निर्माण गरेको भिडियोलाई सुनौलो तारा युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।