तीन कलाकारलाई सम्मान

0
Shares

लमजुङ, (नेस)।

लमजुङ सेवा समाज कतारले नेपालबाट कतार पुगेका ३ जना कलाकारलाई सम्मान गरेको छ। तमु प्ये ल्हु संघ कतारद्वारा आयोजित च्यु ल्होसार कार्यक्रमका लागि नेपालबाट आउनुभएका कलाकार गुरुङ फिल्मका नायक विष्णु गुरुङ, नबोदित लोकदोहरी गायिका सिमा गुरुङ र चर्चित बाल नृत्यकार सरस्वती गुरुङलाई तमु प्ये ल्हु संघ कतारले सम्मान गरेको हो।

सोही अवसरमा लमजुङ सेवा समाजले पनि उहाँहरूलाई सम्मान तथा बिदाइ गरेको छ। उक्त सम्मान तथा बिदाइ कार्यक्रममा लमजुङ सेवा समाज कतारका अध्यक्ष नवराज नखोलाले मायाको चिनो, तृतीय उपाध्यक्ष विनोदप्रसाद बसौलाले लमजुङ सेवा समाज कतार लेखिएको टिसर्ट र संस्थाकी महिला सदस्य दिलमाया थापाले खादा लगाइदिएर सम्मान तथा बिदाइ गरिएको थियो।

समाजले विगतका दिनहरूमा पनि लमजुङ सेवा समाज कतारले नेपालबाट आमन्त्रित गरिएका कुनै पनि लमजुङे कलाकार तथा अन्य क्षेत्रका विशिष्ट व्याक्तित्वलाई सम्मान गर्दै आएको समाजका सचिव विनोद थापामगरले बताउनुभयो।