बंगुरबाट मासिक ६० हजार कमाइ



सलिम अन्सारी, प्युठान।

सरुमारानी–४ बड्डाँडाका ४० वर्षीय योगेश सारुले व्यावसायिक बंगुर पालनबाट मासिक ६० लाख भन्दा बढी आम्दानी गरिरहनुभएको छ। ७ वर्षअघि व्यावसाय शुरु गर्नुभएका उहाँले यही व्यवसायबाटै वार्षिक ७ लाख रुपियाँ भन्दा बढी कमाउँदै आएको बताउनुभयो।
‘मासिक ५० देखि ६० हजार आम्दानी हुन्छ,’ सारुले भन्नुभयो– ‘यो व्यवसायले राम्रो फाईदा दिईरहेको छ।’

‘सारुले सञ्चालन गरेको म·ोलीयन बंगुर फार्म जिल्लाकै उत्कृष्ट र ठूलो हो।’ ‘जिल्लाकै ठूलो बंगुर फार्म यही भएको छ,’ उहाँले भन्नुभयो– ‘राष्ट्रियस्तरको दोस्रो पुरस्कारसमेत पाएका थिए।’ करीब १ रोपनी क्षेत्रफलमा फैलिएको उहाँको फर्ममा लेण्ड्रेस, ड्युरो र पाख्रिबासे कालो बंगुर गरी ३ जातका ६५ ओेटा पाठापाठी छन्।

७ वटा बंगुरको २ लाखबाट शुरू गरिएको फार्ममा लगानी बढेर अहिले २३ लाख रुपियाँ नाघेको छ। सारुले सबै खर्च कटाएर फार्मबाट मात्रै मासिक ४० हजार रूपियाँ आम्दानी हुने उहाँले बताउनुभयो। उहाँले स्थानीय बजारमा फ्रेस हाउससमेत सञ्चालन गर्नु भएको छ।

त्यसबाट दैनिक ४० किलोसम्म मासु बिक्री हुन्छ। यहाँ प्रतिकिलो २ सय ८० रूपियाँमा मासु बिक्री हुन्छ। फ्रेस हाउसबाट मासिक २० हजार आम्दानी गर्ने सारुले बताउनुभयो। ‘बंगुरको पाठापाठी र मासु बेच्दा अहिले महिनामा ६० हजार रूपियाँ कमाउछु, उहाँले भन्नुभयो–’ ‘यसबाट सन्तुष्ट छु।’ फार्ममा विभिन्न खाले उन्नत जातका १८ वटा माउ बंगुर छन्।

एउटा माउ बंगुरले एक पटकमा ८ देखि १० ओटासम्म पाठापाठी जन्माउँछन्। राम्रोसँग पालनपोषण र आहार दिन सकेमा बंगुरले १५ महिनामा ३ पटक बच्चा उत्पादन गर्न सक्ने उहाँको भनाई छ। स्थानीय बजारमा पाठापाठीको माग र फाइदा पनि धेरै हुने भएका कारण यो व्यवसाय निकै राम्रो भएको सारु बताउँनुहुन्छ।

जन्मिएको ४० दिनभित्र पाठापाठी बिक्री योग्य हुन्छन्। यसरी योग्य भएका पाठापाठी प्रतिगोटा ४ हजार ५ सय रूपियाँसम्म बिक्री गर्ने गरेको उहाँले बताउनुभयो। उहाँको फर्ममा उत्पादित पाठापाठी प्युठान र रोल्पा जिल्लामा बढी बिक्री हुने उहाँको भनाई छ। माग बढी भएका कारण उपभोक्तालाई पाठापाठी पुर्याउन नसकिरहेको उहाँले बताउनुभयो।

‘माउले बच्चा जन्माउन नपाउदै अर्डर आउँछ,’ सारुले भन्नुभयो– ‘ग्राहकको माग नै थेग्न गाह्रो छ।’ एउटा बंगुर १० महिनासम्म पाल्दा २५ हजारदेखि ३० हजारमा बिक्री हुने गर्छ। ‘महिनामा १५ वटाभन्दा बढी पाठापाठी बिक्री गर्दै आएको छु,’ उहाँले भन्नुभयो– ‘क्षेत्रीय पशु तालिम केन्द्र नेपालगन्जबाट एकहप्ते बंगुर पालनसम्बन्धी तालिम लिएपछि व्यवसाय शुरु गर्नु गरेको हुँ।

‘सारुले सरकारी निकायबाट सहयोग नपाएको गुनासो गर्नुभयो। अहिल जिल्लामा समेत बंगुरपालक कृषकलाई तालिम दिनु परे आफूलाई बोलाउने गरेको सारुले सुनाउँनुभयो।’ ‘५ वर्षसम्म कामका लागि विदेशीनुभएका उहाँ गाउँमै व्यवसाय सञ्चालन गर्ने साेंचसहित गाउँ फर्किएको बताउनुभयो।’

प्रतिक्रिया दिनुहोस्