इरानी जनरल हत्या प्रकरण : जनरल सुलेमानीको अन्त्यष्टिमा लाखौं नागरिक सहभागी



तेहरान, (एजेन्सी)।

इरानको राजधानी तेहरानमा अमेरिकी आक्रमणमा मारिउका जनरल कासिम सुलेमानीको अत्यष्टीमा लाखौं नागरिक सहभागी भए। बगदालमा भएको एक अमेरिकी हमलामा सुलेमानी मारिएका थिए।इरानका सर्वोच्च नेता आयातोल्लाह खोमेनीको नेतृत्वमा सोमबार तेहरानमा अन्त्यष्टिको नमाज अर्पण गरिएको थियो।

राष्ट्रपति हसन रुहानी, मुख्य न्यायधिश, संसदका सभामुख अली लारिजानीसहित वरिष्ठ अधिकारी पनि सहभागी भएका थिए।
यसअघि कासिम सुलमानीसहित सबे मृतकको शव इरानको खोजिस्तान प्रान्तको अहाज हवाई अड्डा ल्याइएको थियो। आइतबार पनि अन्तिम संस्कारको जुलुसमा लाखौं नागरिक सहभागी भएका थिए।

सामबार तेहरानमा उनको अन्तिम संस्कारको पूर्वसध्यामा शहरका राजमार्ग र सडकहरूमा कालो रंगनै छाएको देखिएको थियो। जुलुसमा सहभागीहरुले इरानी झन्डा फहराउँदै अमेरिका विरोधी नारा लगाए।

इरानमा कासिम सुलेमानीको दर्जा एक राष्ट्रिय नायकको हो र खामेनीपछि देशको सबैभन्दा शक्तिशाली व्यक्ति उनैलाई मानिएको थियो। उनको मृत्युपछि आयोतोल्लाह खामेनीले जनरल सुलेमानीको हत्याको अमेरिकासँग बदला लिने बताएका थिए। य

सबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनरल सुलेमानी धेरै अघि नै मार्नुपर्ने व्यक्ति भएको बताएका थिए।गत शुक्रबार बग्दाद हवाई अड्डाबाहिर एक ड्रोन हमलामा सुलेमानी मारिएका थिए। जनरल सुलेमानी र इरान समर्थित लडाकूका अधिकारी दुई गाडीमा बगदाद विमानस्थलतर्फ गइरहेका थिए।

त्यहीबेला एक कार्गो इलाकामा अमेरिकी ड्रोनले उनीमाथि हमला गरेको थियो।उक्त हमलामा कताइब हिजबुल्लाहका कमान्डर अबु महदी अल मुहांदिस पनि मारिएका थिए।

इरानद्वारा परमाणु सम्झौता पालना नगर्ने घोषणा

इरानले आइतबार सन् २०१५ को परमाणु सम्झौताअन्तर्गत लागू गरिएका प्रतिबन्धको पालना अब नगर्ने घोषणा गरे। परमाणु सम्बर्धनका लागि आफ्नो क्षमता, त्यसको सतर, त्यसलाई समृद्ध पार्न अन्य सामग्रीको भन्डा गर्ने, अनुसन्धान वा त्यसलाई विकसित गर्न कुनै पनि प्रतिबन्दको पालना नगर्ने विज्ञप्तिमा उल्लेख गरेको छ।

तेहरानमा इरानी मन्त्रीमन्डलको बैठकपछि उक्त विज्ञप्ति जारी गरिएको हो। इराकमा अमेरिकी हवाई हमलामा आफ्नो जनलर कासिम सुलेमानीको मृत्यु भएपछि इरानको उक्त प्रतिक्रिया आएको हो।

सन् २०१५ को सम्झौताअनुसार इरान आफ्नो संवेदनशील परमाणु गतिविधि सिमित गर्न र अन्तर्राष्ट्रिय निरीक्षक आउन अनुमति दिएको थियो। यसको बदलामा इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध अन्त्य गरिएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा उक्त सम्झौता रद्द गरेका थिए। उनले इरानसँग नयाँ सम्झोता गर्न चाहेको थियो जसमा इरानको परमाणु कार्यक्रम र ब्यालेस्टिक क्षेप्यास्त्र विकासमा अनिश्चितकालीन रोक लगाइने छ।

यसबीच इराकी सांसदले बगदाद विमानस्थलमा सुलेमानी मारिएको विरोधमा इराकबाट विदेशी सुरक्षा बल निकाल्न एक गैर बाध्यकारी प्रस्ताव पारित गरेको छ।

इस्लामिक स्टेट समूहविरुद्ध गठन भएको अन्तर्राष्ट्रिय गठबन्धनमा ५ हजार अमेरिकी सैनिक छन्। आइतबार उक्त प्रस्तावमा मतदानपछि गठबन्धनको इराकमा आईएसविरुद्धको अभियान रोकेको छ।

फैसला फिर्ता लिन आग्रह

सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्र बेलायत, चीन, फ्रान्स, रूस र अमेरिकासँगै जर्मनीसँग सन् २०१५ मा भएको परमाणु सम्झौतामा इरानले हस्ताक्षर गरेको थियो। सम्झौतामा इरान सन् २०२६ सम्ममा आफ्नो युरेनियम सम्वद्र्धन संयन्त्र ५ हजारभन्दा बढी राख्न नपाउने प्रावधान छ।

इरानसँग २० हजार भन्दा धेरै युरेनियम सम्वद्र्धन संयन्त्र थिए। सम्झौतामा युनियम सम्वद्र्धनको सीमा ३ दशमलव ६७ प्रतिशत तय गरिएको थियो। यो सीमा परमाणु हतियार बनाउने स्तर भन्दा अत्यन्त न्यून छ।

जर्मनी फ्रान्स र बेलायतले इरानलाइ आफ्नो फैसला फिर्ता लिन अपिल गरेका छन्। जर्मनीकी चान्सलर एन्जेला मर्केल, फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रों र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले संयुक्त विज्ञप्ति जारी गरी इरानसँग उक्त फैसला फिर्ता लिन अपिल गरेका हुन्। तीनै जना नेताबीच मध्यपूर्वमा बढ्दो तनावका विषयमा टेलिफोन वार्ता भएको थियो।

प्रतिक्रिया दिनुहोस्