भिडियोमा लुँडो र तास


गायिका, मोडल तथा सञ्चारकर्मी सरिता भारती र गायक रामकुमार बस्नेतको नयाँ गीत लँुडो र तास सार्वजनिक गरिएको छ। गीतको भिडियो ब्युटी न्युज नेपालको च्यानलबाट रिलिज गरिएको हो।

गीत समाजमा रहेको विकृति विसंगतिविरुद्ध तयार गरिएको छ। नेपाली युवाहरू नेताकै कारण बेराजगार भएपछि उनीहरूको दैनिकीलाई व्यंग्य गरेर गीत तयार गरिएको छ। गीतको भिडियो हास्यप्रधान बनेको छ।

गीतमा अलिफ खानको संगीत रहेको छ। गीत सञ्चारकर्मी प्रदीप कँडेलले लेखेका छन्। गीतको भिडियो गायक बस्नेतले नै निर्देशन गरेका छन्। जसमा टँक केसीको छायांकन र तार्जन खड्काको सम्पादन रहेको छ।

यो गीतको भिडियोमा गायिका सरिता भारती आफै मुख्य भूमिकामा छिन् भने रामकुमार खत्री, मनिषा लोकान्द्री, कुमार खत्रीलगायतको अभिनय छ।