निजी शैक्षिक संस्थाहरुले प्राविधिक र व्यवसायीक शिक्षा पढाउन पाउनुपर्छ : प्याब्सन अध्यक्ष पुरी

0
Shares

यमलाल भुसाल, बुटवल । 

निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले नीजि क्षेत्रवाट संचालित शैक्षिक संस्थाहरुले अब प्राविधिक र व्यवसायीक शिक्षा पढाउन पाउने गरि शिक्षा ऐनमा परिमार्जन गराईने बताउनु भयो ।

उहाँले सरकारसंग वार्ता र छलफलद्धारा शिक्षा ऐन निजी क्षेत्रको पक्षमा ल्याउन पहल गर्ने त्यो नभए आन्दोलन गरेर भए पनि सरकारलाई झुकाउने बताउनु भयो ।

निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन प्याब्सन रुपन्देहीको १७ औ साधारण सभामा शुक्रवार वोल्दै नीजिमा अध्ययन गरेका विद्यार्थीहरुलार्ई उच्चशिक्षा अध्ययनमा सरकारले दिने छात्रवद्धि सुविधा नपाउने वर्तमान व्यवस्थालाई अन्त्य गरि सरकारी र नीजि जुनसुकैमा अध्ययन गरेकाले पनि समान रुपमा सुविधा लिन पाउने गरि ऐनमा संशोधन गराएरै ल्याईने अध्यक्ष पुरीले बताउनु भयो ।
अध्यक्ष पुरीले अहिलेको शिक्षा नीतिमा आफुहरुको धेरै माग सम्बोधन हुने नेपालको निजि क्षेत्रबाट शिक्षाको भुमिका बारे सरकार पक्षलाई बुझाउन पहल गरिरहेको समेत बताउनु भयो ।

सबै निजी विद्यालयको आर्थिक अवस्था एउटै नहुदा सरकारी सेवासुविधा शिक्षकहरुलाई दिनुपर्ने, सरकारबाट कक्षा १० सम्म निशुल्क शिक्षाको कुरा कार्यान्वन गर्न नसक्ने भन्दै अब्यवहारिक नीति हटाउनुपर्नेमा उहाँले जोड दिनु भयो ।

उहाँले विगतमा देशको नीति बनाउने तहमा बसेका ब्यक्तिहरु विदेशीको पैसा खाएर नेपाली शिक्षा तहसनहस गर्न खोज्दा अहिलेको कठिन अवस्था आएको भन्दै नेपालको निजि क्षेत्रबाट शिक्षाको भुमिका बारे सरकारलाई बुझाउन पहल गरिरहेको बताउनु भयो ।