भ्रष्टाचारी र अपराधी संरक्षणका लागि वातावरण बनाउदै सरकार : नेतृ कोइराला

0
Shares

यमलाल भुसाल, बुटवल ।

नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले सरकार नजिकका भ्रष्टाचारी र अपराधी संरक्षण गर्न वातावरण तयार गरिरहेको बताउनु भएको छ ।

नेपाल प्रेस युनियन रुपन्देहीले शुक्रवार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रिय सदस्य कोइरालाले सरकारले आफना कमीकमजोरी लुकाउन र भ्रष्टाचारी संरक्षण गर्ने नियतले ऐन कानुन निर्माण गरिरहेको बताउनु भयो ।

देशमा भएका ठुलठुला भ्रष्टाचार र अपराधका घटनामा सरकार नजिकका मान्छेहरु परेकाले तीनको संरक्षण गर्ने र जनताको आवाज बन्द गर्ने नियत सुचना प्रविधि लगायतका बिद्येयकहरुवाट स्पष्ट देखिएको उहाँले बताउनु भयो ।

कानुन सबैका लागि बराबर हुनु पर्नेमा जोड दिदै नेता कोइरालाले भन्नन भयो ‘सरकारले कमिकजोरी गर्दै जाने उसका मान्छेले भ्रष्टाचार गर्दै जाने अनी त्यसकाविरुद्ध जनतालाइ बोल्नै नदिने ?’ सोशल मिडीया र संचार माध्यमहरु नियमन गर्नुपर्नेमा आफु सहमत भएपनि हालै पास गरिएको सुचना प्रविधि बिधेयक भने सरकारका गलत क्रियाकलापकाविरुद्ध उठीरहेका आवजलाइ दबाउनकै लागि ल्याइएको उहाँको कथन थियो ।

‘सरकार र उसका मान्छेहरुले जे गरेपनि हुने अनी तीनै कमिकमजोरी औल्याइदिने जनताको मुख थुन्न कानुन बनाउने ? यस्तो सरकारले कसरी समृद्धि ल्याउछ ?’ नेतृ कोइरालाले भन्नु भयो । सरकारको यस्तै रबैया रहीरहे प्रजातन्त्र नै मासिने खतरा उहाँले औल्याउनु भयो ।
नेतृ कोइरालाले आन्तरिक विवाद त्यागेर एक ढिक्का हुन नसके काँग्रेस आगामी निर्वाचनमा झन कमजोर हुने टिप्पणी पनि गर्नु भयो ।

बिधानले नै पाटी र नेताहरुलाइ बलियो बनाउने भन्दै उहाँले पार्टी नेतृत्वले सबैलाई मिलाएर लैजानु पर्नेमा जोड दिनु भयो । ‘दुइटै पक्षले एक चोटी मिलेर हेर्नुस त । इगो, रिस राग लाभ सबै त्यागेर पार्टीलाइ विधान सम्बत हिडाउनुस र जिताउनुस अनी तपाइहरु झगडा गर्नुहोला’ नेतृ कोइरालाले चेतावनी पुर्वक ढगले भन्नु भयो ।

केन्द्रमा विवाद भयो भनेर त्यसैको सिको नगर्न जिल्लाका नेताहलाइ आग्रह गर्दै उहाँले मिलेर अगाडी बढ्न र पार्टीलाइ जिल्ला स्तरबाटै बलियो बनाउनु पर्नेमा जोड दिनु भयो ।