विप्लवका सेक्रेटरी धरौटीमा रिहा

0
Shares

भद्रपुर, (नेस)।

नेकपा विप्लव समूहका इलाम सेक्रेटरी २ लाख ७५ हजार धरौटी बुझाएर रिहा भएका छन्। झापा शिवसताक्षी नगरपालिका–४ का याम गिरीलाई झापा जिल्ला अदालतले बुधबार धरौटी लिएर रिहा गरेको हो।

गिरी रिहा भएलगत्तै नेकपामा प्रवेश गरेका थिए। गिरीलाई काठमाडौं जाँदै गर्दा मंसिर १६ गते काभ्रेबाट प्रहरीले पक्राउ गरेको थियो। सङ्गठित अपराध, बम विस्फोटलगायत चारवटा मुद्दा झापा अदालतमा दर्ता गराई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको थियो। गिरीलाई अदालतले माघ २१ गते तारिख दिएको छ।

नेकपा झापा सचिव विजय साङ्पाङ, प्रदेश कमिटी सदस्य रोशन कन्दङ्वा सचिवालय सदस्य नरेश सञ्जेलले नेकपा पार्टी प्रवेश गराएका थिए। इलाका प्रहरी अनारमनीमा समेत आइन्दा यस्तो कार्यमा संलग्न नहुने गरी गिरीले कागज गरेको सचिवालय सदस्य सञ्जेलले जानकारी दिनुभयो।