६१ वर्षीय म्याडोनाले २५ वर्षीय प्रेमी अह्लामालिकलाई राखिन् प्रेम प्रस्ताव

0
Shares

ऐजेन्सी । चर्चित अमेरिकी गायीका म्याडोनाले औपचारिक रूपमा आफना प्रेमी अह्लामालिक विलियम्सलाई आइ लभ यु भन्दै प्रेम प्रस्ताव राखेकी छन् । ६१ वर्षीय म्याडोनाले आफ्ना २५ वर्षीय प्रेमी अह्लामालिकलाई औपचारीक रुपमा प्रेम प्रस्ताव राखेकी छन् ।

यो कुरा खुलाउने अरु कोही नभएर म्याडोनाका प्रेमी अह्लामालिकका ५९ वर्षीय बुबा ड्रु रहेका छन् । अमेरीकी संचार माध्यमसँग कुरा गर्दै ड्रुले आफना छोरासँगको प्रेम सम्बन्धका बारेमा खुलेपछिमात्र आफूले म्याडोनालाई चिनेको बताएका छन् । खुसी हुँदै ड्रुले यी दुवैले एक अर्कालाई साँचो र गहिरो प्रेम गर्ने बताएका छन् ।

उनीहरु दुवैबीच ३६ वर्षको उमेरअन्तर भएपनि एक अर्कालाई निकै माया गर्ने बताएपछि आफूलाई यो कुराले केही पनि समस्या नपारेको ड्रुले बताए । उनीहरु खुसी रहे आफूपनि खुसी हुने उनले जनाएका छन् ।

म्याडोनाले केही समय अघिमात्र आफू र अह्लामालिककी ५५ वर्षीय आमा लाँरीलाई सिजर दरबारमा भएको रात्री भोजमा बोलाएको ड्रुले खुलाएका छन् । भेटमा म्याडोनाले अह्लामालिकलाई निकै माया गर्ने र सधै साथ दिने बताएको ड्रूले जनाएका छन् । “प्रेमको कुनै उमेर हुदैन र मेरो छोरोको लागि म निकै खुशी छु”, ड्रूले भने ।

यस्तै, सन् २०२० मा लन्डनमा हुन लागेको एक कार्यक्रममा सहभागी हुन समेत म्याडोनाले लाँरी र आफूलाई निमन्त्रण दिएको ड्रूले बताए ।