नेपालमा उत्पादित जुत्ता चप्पलको मेला

0
Shares

भूपराज बस्याल, काठमाडौ ।

नेपालका प्रतिष्ठित जुत्ता कम्पनीहरूको मेला पौष ११ देखी राजधानीको भृकुटीमण्डपमा शुरू भएको छ।
नेपालका पुराना र प्रतिष्ठित कम्पनीहरू शिखर, वीएफ डीएरहील, रन र शुल्याण्डले ग्राहकसँगको प्रत्यक्ष भेटघाटको लागि उक्त मेला गरेका हुन्।

१५ देखी ७० प्रतिशत सम्म छुट रहेको उक्त मेलामा २५० देखि दश हजारसम्मका जुत्ता चप्पल पाइन्छ। बिगतमा लाग्ने यस्तामेलाभन्दा यस पटकको मेला फरक रहेको बताउदै शिखर सुका संचालक राम कृष्ण प्रसाईंले यसै मेलालाई लक्षित गरेर करिब एक सय मोडल जति नयाँ जुत्ता चप्पल बनाएको बताउनुभयो।

हजारौं मोडलका जुत्ता चप्पल पाइने उक्त मेलामा बच्चा, युवक, वृद्ध सबैलाई मिल्ने खालका जुत्ता चप्पल पाइन्छ। अन्य समयकोभन्दा भिन्न मेला भएको बताउने आयोजक कम्पनीहरूले यस पटकको मेलालाई कर्पोरेट मेला पनि भनेका छन्।

कुनै कम्पनीमा काम गरेको परिचयपत्र, अपांग परिचयपत्र, बिद्यार्थी परिचयपत्र, वृद्ध परिचयपत्र लिएर आउनेलाई त्यहाँ भएको भन्दा थप १५ प्रतिशत छुटको ब्यबस्था गरिएको हँदा यस मेलालाई कर्पोरेट मेला पनि भन्ने गरेको प्रसाईंले नेपाल समाचारपत्रलाई बताउनुभयो।

दुबईबाट घर बिदामा नेपाल आउनुभएका प्रकाश ढकाल भृकुटीमण्डपमा जुत्ता चप्पल मेला लागेको सुनेपछि मेला अवलोकन गर्न आएको र जुत्ता चप्पल निकै सस्तो मुल्यमा पाएको अनुभव सुनाउदै बाहिर २ हजार देखि २५ सयसम्म पर्ने जुत्तालाई मेलामा मात्रै ८ सयमा किनेको जुत्ता देखाउदै भन्नुभयो,‘आफ्नै देशको उत्पादन त्यो पनि यति सस्तो मुल्यमा।’

नेपालमा उत्पादित बस्तुको प्रचारप्रसार नहुदा बिदेशी बस्तुतिर सबैको ध्यान जाने गरेको अनुभव सुनाउदै उहाँले नेपाली उत्पादन गुणस्तर र बिश्वसनीय भएको बताउनुभयो।नेपाली ब्रान्डका जुत्ताचप्पल निरन्तर लगाउने ग्राहकहरूले कम्पनीसँग केही गुनासो छ भने व्यक्त गर्न पाउँदैनन्। किनकि ग्राहक र उत्पादन कम्पनी बीच भेट हुदैन।

त्यसैले उपभोक्ता र उत्पादकबीच प्रत्यक्ष भेटघाटको लागि मेलाको आयोजना गरिएको वीएफ डीएरहील संचालक होमनाथ उपाध्यायले बताउनुभयो।मेला भन्ने बित्तिकै स्टकमा रहेको समान सस्तो मुल्यमा बेच्ने भन्ने कतिपय मान्छेको बुझाइ छ।

हुन पनि कतिपय मेलामा त्यस्तै गरिन्छ तर हामी नेपालका ग्राहकहरूले मनपराएका र बिश्वास गरिएका जुत्ताचप्पल कम्पनी भएको हुदा त्यस्तो गर्न सक्दैनौं मेलाका जुत्ताचप्पलमा गुणस्तर पनि ध्यान दिएको रन सु का संचालक रुद्र न्यौपाने बताउनुभयो।

हामीले मेलामा गुणस्तरीय जुत्ताचप्पल दिन सकेनौं भने नेपाली ब्रान्डप्रति ग्राहकहरूको बिश्वसनीयता घटेर जान्छ। त्यसैले मेलामा जुत्ताचप्पलको गुणस्तरमा निकै ध्यान दिएको बताउँदै उहाँले यसैलाई मध्यनजर गर्दै यो मेलामा बेचिने जुत्ताचप्पलमा ६ महिनाको वारेन्टी पनि दिएको बताउनुभयो।