पश्चिम सेतीबाट प्रभावित हुने भनिएको ठाउँमा ठूला संरचना बन्दै


मानबहादुर बोहरा, बझाङ
पश्चिम सेतीको ढुवान क्षेत्र भनिएको देउरामा पछिल्लो समय भने ठूलठूला निजी संरचना निर्माण गरीन थालेको छ । पटकपटक विभिन्न कम्पनीहरुले पश्चिम सेतीबारे अध्ययन गरेका थिए । केहि कम्पनीले काम गर्ने जनाएपनि योजना अघि नढ्दा प्रभावित हुने भनिएको ठाउमा नै ठूला संरचना निर्माण गरीन थालिएको हो ।
यस क्षेत्रका बासिन्दाले पश्चिम सेती बनेपछि ठाउँ छोड्नुपर्छ भन्ने बुझेका थिए । तर, वर्षौँ देखि योजना हल्लामै समिति रहेपछि स्थानीयले धमाधम ठूलठूला घर निर्माण गरीरहेका हुन् । देउराका कलक बहादुर विष्टले भने, “पश्चिम सेती बनाउँने भन्ने हाल्ला मात्रै भयो काम अएन, अब त बन्दैन पनि होला । मैले आफैले पनि पक्की घर बनाईसकेको छु ।”जति समय अघि बढ्दै गयो, पश्चिम सेतीको चर्चा भने त्यति नै सेलाउँदै गयो ।
पश्चिम सेती बन्दैनकि भनेर भौतीक संरचना र्निमाण गरीन थालिएको हो । स्थानिय कला बोहरा पहिला पश्चम सेती बन्ने डरले कसैले पनि घर निर्माण नगरेको तर, अहिले पश्चिम सेतीको हल्ला सेलाउँदै गएकोले घर बनाएन थालीएको बताइन् । अहिले केदारस्युँ गाउँपालिकाको कार्यालय पनि देउरामै छ । स्वास्थ्य, सञ्चार, सुरक्षालगाएतका सेवा पनि देउरामै रहेकाले बस्ती पनि बाक्लीन थालेको केदारस्युँ गाउँपालिका दई नम्बर वडाका वडा अध्यक्ष चक्र विकले बताए ।
उनले भने, “यहाँ अस्पताल छ, अहिले गाउँपालिका पनि यतै छ । त्यसैले बस्ती बाक्लीन थालिएको हो ।” यस क्षेत्रका धेरैले अव पश्चिम सेती बन्छ, भन्ने कुरामा विश्वास पनि गर्न छोडि सकेका छन् । देउरा प्रभावित ठाउँ भनिएकोले पश्चिम सेती बनेपछि ठाउँ छोड्नु पर्छ भन्ने सुनेका विरबहादुर रोकायाले अहिले देउरामा नै चार तल्लाको पक्की घर बनाइ सकेका छन् । उनीले भने, “पहिला पश्चिम सेती बन्ने भन्ने भयो, त्यो त्यत्तीकै सुनसान भयो, अब आफ्नो काम त गर्नै प¥यो ।

त्यसैले अहिले मैले पनि चार तल्लाको घर लगाईहाले ।” देउरा बझाब जिल्लाको मात्रै नभई बैतडी र डोटीको पनि मुख्य व्यापारीक केन्द्र हो । देउरा बजार व्यवास्थापन समितिका अध्यक्ष तथा नेकपा केदारस्युँ गाउँकमिटिका अध्यक्ष जीवन भण्डारीले पछिल्लो समय भौतिक संरचना निर्माणले तिव्रता पाएको बताए । पश्चिम सेती निर्माण गर्छुँ भन्ने चिनियाँ कम्पनी थ्री ग्रजेज सम्झौताबाट बाहिरीएको छ । सरकारले योजना अगाडी बढाउँन बजेट पनि छुट्याएको छैन् । जसले गर्दा पश्चिम सेतीबारे अन्योलता बढेको छ । संविधान सभा सदस्य जनक बहादुर बुढाले पश्चिम सेती बन्ने नबन्नेमा अन्योल बढेको बताए । उनले भने, “बन्ने नबन्नेमा टुंगो केहि छैन् ।
पश्चिम सेती अहिले अन्योलमा छ ।” तर, सूदूर पश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले भने पश्चिम सेती जुन सुकै हालतमा पनि बन्ने दाबी गरेका छन् । केहि समय अघि बझाब आएका मुख्य मन्त्री भट्टले प्रदेश सरकारले पश्चिम सेती अगाडी बढाउँन प्रदेश सरकार लागी परेको बताएका थिए । पहिलो पटक २०३७ सालमा फ्रान्सेली कम्पनी सोग्रेहले पश्चिम सेती आयोजना सम्वन्धी अध्ययन गरेको थियो । त्यसपछि विभिन्न अन्तराष्ट्रिय कम्पनी र नेपाल सरकार आफैले समेत अध्यन र काम गर्ने भनियपनि योजना भने अझै अघि बढ्न सकेको छैन् । सूरुमा पश्चिम सेती बन्छ भन्ने सुनेकाहरु बुढा भईसकेका छन् । पछिल्लो पुस्ता समेत बुढो हुँदैछ । वर्षौँ वितिसक्दा समेत योजना अघि नबढ्दा प्रभावित हुने भनिएको ठाउँमा समेत ठूलठूला भौतिक संरचना निर्माण गरिन थालिएको हो ।