ठेक्दारको लापरबाहीले विमानस्थल बन्न ढिला


ललित सिंह, बझाङ ।

बझाङको देवल विमानस्थलको स्थर उन्ती तथा कालोपत्रे गर्ने काम ठेक्दारको लापरबाहीका कारण ढिलाई हुन थालेको छ । बिमान स्थलको काम ढिलाई गरिदा सुत्केरी महिला, बिरामी र दुर्घनामा परेका व्यक्तिले समयमै उपचार नपाएर ज्यान गुमाएका छन भने पर्यट जिल्ला भित्रिन रोकिएका छन ।

विमानस्थलको स्थर उन्ती तथा कालोपत्रे गने कामको जिम्मेवारी पाएको अमर कन्ट्रक्सनले २०७५ साउन महिनामा १५ महिना भित्र काम सम्पन गर्ने गरि नेपाल नागरिक उडेन प्राधिकरण संग सम्झौता गरेको भए पनि धावन र्माग पिच तथा कालोपत्रे गर्ने काम अझै सम्म पुरा नगरि ढिलाई गरेका कारण बिरामी सुत्केरी महिला र दुर्घटना परेका व्यक्तिले समयमै उपचार नपाउदा ज्यान गुमाउन थालेका छन भने हवाई उडान नहुदा पर्यटक जिल्ला भित्रन सकेका छैन ।

बिमान स्थल पुनःसंञ्चालन हुने भन्ने खबर सुन्दा निकै खुशी लागेको थियो । ठेक्दारले जिम्मेवारी पाए अनुसार समयमै काम पुरा नगर्दा आफुलाई अझै बन्ने नबनेमा शंका लागेको बिमास्थल नजिक होटल ब्यवसाय गरि रहेकी जला धामीलेको भनाई छ ।

उनले भने जहाज चलेको समयमा दैनिक मान्छेको आवतजावत हुने भएकाले चिया र गेडा गुडि राम्रो बिक्रि भई आम्दानी राम्रो हुने भए पनि जहाज आउन बन्द भए पछि हामी पनि बिस्थापित भए र अन्य काम गरि रहको थियो ।बिमान स्थल पिचहुदा रोजगार पाउने आस संगै होटल पुनःसंञ्चालन गर्न सोचमा रोजगारीका लागी भारत गएका श्रीमानलाई होटलका भाडाँकुडा ल्याए घर आउनु भनि बोलाए बिमानस्थल निमार्ण नहुदा भारतको जागीर पनि गयो गाउँमा पनि रोजगार पाएको छैन ।

२०३५ सालमा निर्माण गरिएको यो कच्ची विमानस्थल २०६५ साल सम्म सञ्चालनमा रहेको थियो । तत्कालिन माओबादी बिद्रोहिले बिमान स्थलको टावरमा दुई पटक बम बिष्फोट गराई क्षेतिग्रस्थ बनाए पछि २०६५ सालमा नेपाल वायुसेवा निगमले नियमित उडान भर्न छोडेको अन्य विमान कम्पनीले कच्ची विमान स्थलमा उडान गर्न नमाने पछि त्यस यता यो विमानस्थल बन्द भएको थियो ।

बझाङलाई बाहिरी जिल्ला सग जोड्ने एक मात्र सडक जयपृथ्वी राजमार्ग पटक पटक बन्द हुने गरेको र वैकल्पिक यातायातको रुपमा रहेको हवाई सेवा पनि एयरर्पाेट पिच नहु“दा सुचारु नभएका कारण बझाङबासीले लामो समय देखी समस्या भोग्दै आएका छन ।

हिउँदे बर्षा भएको वेला र बर्खाकोे समयमा विभिन्न ठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध हुने गरेका कारण आपतकालिन विरामीहरुले बर्षेनी ज्यान गुमाउने गरेका छन भने यात्रुहरुले पनि सास्ती भोग्दै आएका छन । दुई बर्ष यता जयपृथ्वी राजमार्ग पटक पटक गरी ५१ दिन अवरुद्ध भएको थियो । यस अवधीमा उपचारको लागी धनगढी लैजादै गरेका ७ जना विरामीहरुले बाटैमा ज्यान गुमाउनु परेको थियो ।

बझाङको यो समस्यालाई लिएर नागरिक अभियन्ता र सा“सदहरुले संस्कृती, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयमा पटक पटक डेलिगेसन गएपछि विमान स्थल कालोपत्रे गर्न रकम विनियोजन भएको थियो । ५ करोड ५० लाखको लागतमा यो विमानस्थल कालोपत्रे गर्ने काम भैरहेको छ ।

कालोपत्रे गर्ने जिम्मा पाएको अमर कन्स्ट्रक्सनले १५ महिना भित्र काम सम्पन्न गर्ने गरि ठेक्का सम्झौता भएको भए पनि प्राबिधि कारणले काम सम्म गर्न नस्कदा आसोज २८ गते ६ महिनाको म्याद थप गरिएको चैत्र महिना भित्र काम सम्मपन गरिने दावी निर्माण कम्पनीका प्रतिनिधि भरत न्यौपानेले बताए ।

बढी जसो बझाङ नेपालगंज उडान संचालन गर्ने विमान कम्पनीहरुले नेपालगंज बाट बझाङ आउने यात्रुको चाप घट्दै गएको कारण उडान बन्द गरेको बताएका थिए । यद्यपी धनगढी बझाङ उडान संचालन गर्न सके दैनिक दुइ तीन वटा सम्म ट्वीनअटर फ्लाइट गर्न सकिने सम्भावना रहेको विमान कम्पनीहरुले बताउदै आएका छन ।

विमान संचालन भए पछि सर्वसाधारणलाई मात्र सुविधा नभइ जिल्लाको पर्यटन विकासमा पनि टेवा पुग्ने यहाँका बासिन्दाहरुको आशा छ । उद्योग बाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेलीले लामो समय देखी विनामा स्थल बन्द भएका कारण जिल्लामा आउने पर्यटनहरु समेत घटेका बताए ।

उनले विमान संचालनमा आए पछि साईपाल हिमाल, खप्तड राष्ट्रिय निकुञ्ज, सुर्मा ताल, गोर्खाली मालिका गुफा, लगायतका दर्जन भन्दा बढी पर्यटकीय स्थलहरुमा घुम्न आउने आन्तरिक तथा बाह्रय पर्यटकहरुको समेत बृद्धी हुने बताए ।

बिमानस्थलको काम पुरा गर्ने आफुले पटक पटक ठेक्दारलाई ताकेताक गरेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।