आफ्नै छोरीलाई हत्या गरेको अभियोगमा बाबु समातिए

0
Shares

न्युज अफ नेपाल, कञ्चनपुर ।

आफ्नै ४ वर्षीया छोरी सुशिला चुनारालाई कुटपिट गरी हत्या गरेको अभियोगमा भिमदत्त नगरपालिका(१८ सुकुम्बासी टोल बस्ने ३० वर्षीय ईन्द्र बहादुर चुनारालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी ईन्द्र बहादुरले आफ्नै छोरीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट सालघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कुटपिटबाट गम्भीर घाइते भएकी सुशिलाको अंचल अस्पताल महाकालीमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।