सरोज बस्नेतसहित ४० जना फेरि इक्यानमा फर्किए, अध्यक्षको भव्य स्वागत

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सरोजकुमार बस्नेतसहित ४० जना शैक्षिक परामर्श व्यवसायीहरुलाई इक्यानमा प्रवेश गर्नुभएको छ । उहाँहरुलाई नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष विष्णुहरि पाण्डेले सोमबार डिल्लीबजारस्थित इक्यानको कार्यालयमा स्वागत गर्नुभयो ।

पाण्डेले बस्नेतसहित अन्य सबै नयाँ सदस्यलाई प्रमाण पत्र समेत वितरण गर्नुभयो । ठूलो टिमलाई एकैसाथ स्वागत गर्दै अध्यक्ष पाण्डेले अब सबै एकजुट भएर अगाडि बढ्नु पर्ने बताउनुभयो । ‘यो जुट्ने बेला हो, त्यसैले सबै एकैठाउँ उभिनु पर्छ, नीतिगत तहदेखि हरेक काममा एकजुट भएर अगाडि बढ्नुपर्छ,’ अध्यक्ष पाण्डेले भन्नु भयो ।

कार्यक्रममा बोल्दै महासचिव शेषराज भट्टराईले उहाँहरु केही समय भ्याकेसनमा जानु भएको थियो, फेरि फर्किएर घर आउनु भयो भन्दै स्वागत गर्नुभएको थियो ।

सरोज बस्नेतले हिजोका दिनमा जे जस्तो गल्ती भए पनि अब आगामी दिनमा मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । साथै उहाँले आफूहरुलाई इक्यानले गरेको स्वागतबाट निकै खुसी भएको समेत बताउनुभयो ।

उहाँले आगामी पुस २६ गते हुने साधारण सभामा भव्य बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

‘पेन्सिलमा पनि इरेजर हुन्छ, केही गल्ती भए मेट्नुपर्छ, हामी मानिसले पनि कहिले काँही काम गर्दा गल्ती हुन सक्छ त्यसैबाट पाठ सिकेर अगाडि बढ्ने हो,’ बस्नेतले भन्नुभयो ।