विश्वचर्चित अग्ला भवन र टावरमा नेपाली झण्डा फहराइने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

विश्वका ठूला शहरमा रहेका अग्ला भवन र टावरमा नेपालको राष्ट्रिय झण्डा तथा नेपाल भ्रमण वर्षको लोगो फहराइने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यस्तो जानकारी गराएका हुन् ।

भट्टराईका अनुसार अहिलेसम्म विश्वका मुख्य एक दर्जन शहरका अग्ला भवन र टावरमा नेपाल र भ्रमण वर्षको लोगो फहराउने गरी गैरआवासीय नेपाली संघले तयारी गरेका छन् । अष्टे्रलियाको सिड्नी, न्यूजिल्याण्ड, जापान, कोरिया, कतार, यूएई, हङकङ, जर्मनी, बेल्जियम, बेलायत, अमेरिका, क्यानडाका विभिन्न शहरमा रहेका अग्ला भवन र टावरमा नेपाली झण्डा फहराइने भएको छ ।

डिसेम्बर ३१ मा नेपालको यसरी झण्डा फहराइने मन्त्री भट्टराईले उल्लेख गरेका छन् । थप स्थानका टावर र भवनमा झण्डा फहराउन गैरआवासी नेपाली संघलाई आग्रह गरिएको छ ।

युएईमा अवस्थित विश्वकै अग्लो भवन बुर्ज खलिफामा पहिलो पटक संविधान दिवसको दिन नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो ।