तीनकुनेमा ७० वर्षीया वृद्धालाई ठक्कर दिएर भागेको टिपर क्षेत्रपाटीमा समातियो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

तीनकुनेस्थित नापी विभाग अगाडि ७० वर्षीया वृद्धालाई ठक्कर दिएर भागेको टिपर क्षेत्रपाटीबाट समातिएको छ ।

राति करिब साढे ९ बजे टिपरले ठक्कर दिँदा वृद्धा गम्भिर घाइते भएकी थिइन् । लगत्तै, उनलाई उपचारका लागि नजिकैको सिभिल अस्पताल पुर्‍याइएको थियो । तर, उनको मृत्यु भइसकेको छ ।

मृत्यु हुने वृद्धाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले काठमाडौंका विभिन्न ठाउँमा चेकजाँच बढाएर टिपरको खोजी तीब्र पारेको थियो ।

त्यसक्रममा क्षेत्रपाटीमा टिपर भेटिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सामान खन्याएर लुकाएर राखिएको अवस्थामा टिपर भेटिएको छ । चालक फरार छन् । हुलियाको आधारमा चालकको खोजी भइरहेको छ ।