अवैध लागूऔषध पोलेण्ड सहित २ जना पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

बुढानिलकण्ठ नगरपालिका-१० कपन साततलेबाट अवैध लागूऔषध पोलेण्ड ६ सय ९९ दशमलव ८० ग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दोलखा घर भएका उर्गेन शेर्पा र डोटी सिलगढी नगरपालिका-४ घर भएका २५ वर्षीय बिबेक श्रेष्ठ रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरूलाई चेकजाँच गर्दा शेर्पाको साथबाट २ सय २४ दशमलव ७० ग्राम र श्रेष्ठको साथबाट ४ सय ७५ दशमलव १० ग्राम गरी उक्त परिमाणको लागूऔषध पोलेण्ड र डिजिटल तराजु सहित फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।