नेकपा सचिवालय बैठकः सभामुख चयन र एमसीसी बारे कुनै टुंग्गो लागेन

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक निष्कर्षबिनै टुंगिएको छ ।

सभामुख चयन र मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी)बारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बिनानिष्कर्ष टुंगिएको छ । आइतबार बिहान सचिवालय बैठक बसे पनि कुनै निर्णय नगरेको नेकपाका एक नेताले जानकारी दिए ।

यौन दुर्व्यवहारको आरोपसँगै कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।

उपसभामुखलाई राजीनामा गराएर नेकपाले नयाँ सभामुख तय गर्ने योजना बनाएको छ । यद्यपि, नेकपाले अहिलेसम्म कसलाई सभामुख गराउने भनेर निर्णय लिन सकेको छैन । नेकपाले सभामुख चुन्न नसक्दा संसदको काम कारबाही प्रभावित हुँदै आइरहेको छ ।

एमसीसीमार्फत् प्राप्त हुने ५५ अर्ब अनुदान स्वीकार गर्ने कि नगर्ने भन्ने बहस पनि नेकपाभित्र छ । अमेरिकाले यो सहयोग इण्डो प्यासिफिक रणनीतिअन्तर्गत भएको समाचार प्रकाशमा आएपछि यो अलिक विवादित देखिएको छ ।