कार बम बिस्फोट हुँदा सोमालियामा ७६ को मृत्यु


काठमाडौँ । अफ्रिकाको सोमालियामा कार बम बिस्फोट हुँदा कम्तिमा ७६ जनाको मृत्यु भएको छ भने कम्तीमा ७० जना घाइते भएका छन्। राजधानी मोगादिशुस्थित सुरक्षा जाँच केन्द्रमा बिहानको व्यस्त समयमा कार बम बिस्फोट भएको बिबिसीले जनाएको छ।

मृत्यु हुनेमा केही स्थानीय विश्वविद्यालयका विद्यार्थीसमेत रहेका बताइएको छ। स्थानीय मदिना हस्पिटलका डाक्टर मोहमेद युसुफले विस्फोटमा मृत्यु भएका ७३ जनाको शव बुझेको बताएका हुन । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरीएको छ ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएको छैन। त्यस क्षेत्रमा अल सबाब सशस्त्र समूहले लामो समयदेखि हिंसा मच्चाउँदै आएको छ। अलकायदासँग सम्बन्ध भएको अल सबाबले दश वर्षयता सोमालियामा हिंसा मच्चाइरहेको छ। राजधानी मागादिशुबाट अल सबाबको नियन्त्रण सन् २०११ बाट हटाइए पनि अल सबाबकै नियन्त्रण रहेका केही क्षेत्रहरूमा हिंसा मच्चिने गरेको छ।
एजेन्सी