कुखुरा फर्ममा आगलागी हुँदा ६ लाखको क्षति


न्युज अफ नेपाल, पर्वत ।

पर्वतको दक्षिणमा पर्ने पैंयु गाउँपालिकामा कुखुरा फर्ममा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको छ ।

पैंयु गाउँपालिका वडा नं ४ सर्दीखोला स्थित भिमबहादुर थापाको बोइलर कुखुरा फर्ममा शनिबार बिहान ४ बजेको समयमा आगलागी भएको हो ।

फर्ममा बिद्युत सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी पछि इलाका प्रहरी कार्यालय हुवासबाट गएको प्रहरी टोली र स्थानियबासीले आगलागी नियन्त्रणमा लिएका थिए ।

आगलागी हुँदा फर्ममा रहेका ५ सय भन्दा बढी कुखुरा र फर्म पुर्णरुपमा नष्ट भएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।