इन्जाद्वारा महादेशीय कमिटी गठन


काठमाडौँ ।
नेपालीपत्रकारहरुको अन्तराष्टिय सञ्जाल (इन्जा)ले आगामी दुईवर्षका लागि ग्लोवल कमिटी र युरोप तथा एशिया महादेशीय कमिटीहरुको चयन गरेको छ । वरिष्ठ पत्रकार गुणराज लुइटेलको अध्यक्षतामा निर्वाचित ग्लोवल कमिटीको वरिष्ठ उपाध्यक्षहरुमा सुनिलमणि दाहाल (सचिवालय) र विष्णु शीतल (अन्तराष्टिय समन्वय) हुनुहुन्छ । उपाध्यक्षमा वरिष्ठ पत्रकारहरु टंक पन्त (एशिया), ददी सापकोटा (युरोप) र मनऋषि धिताल (अष्टेलिया) हुनुहुन्छ । इन्जा ग्लोवलको संरक्षकमा राम खरेल र योगेश उपाध्याय रहनुभएको छ भने सल्लाहकारमा नेपालका लागि अमेरिकाका पूर्व राजदुत स्कट एच डेलिसी, नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाल, सामुदायिक रेडियो अभियन्ता घमराज लुइटेल, वरिष्ठ पत्रकार तीर्थ कोइराला, गंगा लामिटारे (अधिकारी) हुनुहुन्छ ।
इन्जा ग्लोवल कमिटीको निर्देशकमा किशोर सापकोटा (संगठन), अनुराधा पौडेल (नीतिनिर्माण तथा प्रशिक्षण), र विजयथापा (सञ्चार) र भक्त घिमिरे (अन्तरदेशीय समन्वय) चयन हुनुभएको छ । कमिटीको महासचिवमा शिव विष्ट, सचिवमा दीपक रिजाल र कोषाध्यक्षमा वर्षा भुजेल हुनुहुन्छ । कोषाध्यक्ष भुजेलले फ्रेन्डस अफइन्जा(अमेरिका)को इन्चार्जको समेत भूमिकानिर्वाह गर्नुहुनेछ ।
इन्जाका सदस्यहरुमा अमेरिकावाट विष्णु शर्मा, भूपेन थापा, भोला सिवाकोटी, ज्योतिश्रेष्ठ, विश्व थापा, उमेश शर्मा, सिर्जन ताम्राकार, राम लामा अभिनासी, सिर्जना उप्रेति, अंकुश नेपाल, तारा भट्टराई, सुनिल हुमागाइ, डोव ढकाल, खेम भट्टचन, र पूर्णसिंह वराइली, क्यानाडावाट डा. किश्मत भण्डारी र वद्री तिमिल्सिना, चीनवाट धु्रव पौडेल, नेपालवाट कृष्ण ढुंगाना, रीता सापकोटा, र विनेश खनाल, भारतवाट भरत पौडेल, स्पेनवाट दीपेन्द्र गजुरेल र मध्यपूर्ववाट सुवास शर्मा र टेकवहादुर थापा चयन हुनुभएको छ।
वरिष्ठ पत्रकार ददी सापकोटा (फ्रान्स)को अध्यक्षतामा इन्जा युरोपको चयन भएको छ । वरिष्ठ पत्रकारहरु भगीरथ योगी र थानेश्वर सापकोटा सल्लाहकार रहेको इन्जा युरोपको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण देवकोटा(स्वीजरल्याण्ड), उपाध्यक्ष टुवल सापकोटा (जर्मनी), महासचिव दीपक धिताल (जर्मनी), सचिव निराजनश्रेष्ठ (स्विजरल्याण्ड), र कोषाध्यक्ष निलम घिमिरे (वेल्जियम) रहनुभएको छ। इन्जा युरोपको सदस्यमाश्रीभक्तखनाल (वेलायत), विजयशर्मा दर्पण (स्पेन), दीपक खतिवडा (पोर्चुगल), रविचन्द्र भट्टराइ (अष्टिया) र जयराम तामाड (वेलायत) हुनुहुन्छ ।
वरिष्ठ पत्रकार टंक पन्तको अध्यक्षतामा रहेको इन्जा एशियाको वरिष्ठ उपाध्यक्षमा नारायण न्यौपाने हुनुहुन्छ भने उपाध्यक्षहरुमा दीपक पुडासैनी (कतार), आनन्द कोइराला (जापान), र मञ्जु गुरुड (कोरिया) हुनुहुन्छ ।महासचिवमादीपेन्द्रदोड तामाड, सचिवमा खेमकुमारी पोख्रेल (दीपु) र कोषाध्यक्षमा विशाल गैरे चयन हुनुभएको छ । इन्जा एशियाको सदस्यहरुमा विकास थपलिया, रामप्रसाद भण्डारी, अर्जुन सापकोटा, लीला उपाध्याय र अनिल आचार्य हुनुहुन्छ ।

पुरस्कारका लागि आवेदन आह्वान

इन्जाद्धारा प्रदान गरिने १ हजार डलर राशीको सामुदायिक पत्रकारिता पुरस्कारका लागि इन्जाले सन् २०१९ भरीमा प्रकाशित वा प्रसारित आआफ्ना समाचारहरुका प्रति सामेल गरी आवेदन दिन सम्पूर्ण इच्छुक पत्रकारहरुलाई आह्वान गरेको छ । पुरस्कारको प्राप्त गर्नका लागि इच्छुक पत्रकारहरुले २०२० को जनवरी ३१ भित्रमा इन्जा मुख्यालयको इमेलमा आफ्नो प्रकाशित प्रसारित समाचार पठाइसक्नु पर्नेछ । इन्जा इन्टरनेशनल अवार्ड भने यसअघि नै हाम्राकुरा डटकमका सम्पादक अजयवावु सिवाकोटीलाई प्रदान गरिसकिएको छ ।

इन्जा सामुदायिक पत्रकारिता पुरस्कार सन् २०२० मार्च १ मा काठमाडौँमा आयोजना हुने कार्यक्रममा प्रदान गरिने छ । प्राप्त आवेदनहरुवाट उत्कृष्ट समाचार चयन गर्न वरिष्ठ पत्रकारहरु तीर्थ कोइराला, टंक पन्त र किशोर सापकोटा रहेको एक छनोट समिति समेत गठन गरिएको छ । इन्जाले मार्च १ लाई इन्जा डे को रुपमा संसारभर मनाउने निर्णय गर्दै आगामी वर्षदेखि सम्पूर्ण पुरस्कारहरु सोही मितिमा प्रदान गर्ने निर्णय गरेको छ ।