दाङबाट पाँच टिपर पक्राउ


न्युज अफ नेपाल, दाङ ।

दाङबाट पाँच टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–३ को राम्री क्षेत्रमा अवैध रूपमा ढुङगा उत्खनन गरी ओसार–पसार गर्ने ती टिपरलाई ढुङगा निकासी गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

टिपरलाई राप्ती राजमार्गको तुलसीपुर–कपुरकोट सडक खण्डको गोठीखोलाबाट नियन्त्रणमा लिइको प्रहरीले जनाएको छ ।

केहि दिनदेखि तुलसीपुरको राम्री, सातबासमा अवैध उत्खनन भइरहेको आरोप लगाउँदै नेपाल तरुणदलले निगरानी बढाएको छ । स्थानीय सरकारको आडमा पहाडै ध्वस्त बनाउने र खानेपानीका मुहान तथा पाइपसमेत क्षति पुर्‍याउने गरी भइरहेको उत्खनन तत्काल बन्द गर्नु पर्ने तरुण दलले माग राख्दै आएको छ ।

तरुणदलका जिल्ला अध्यक्ष टिका घर्तीले गैरकानुनी कार्य बन्द गर्न माग गरिरहेको र सुनुवाइ नभए कडा आन्दोलनमा गर्ने बताएका छन् । निर्णय, विधि, प्रक्रिया मिचेर सत्ताको आडमा पहाड उत्खनन गर्न नदिने घर्तीले बताए । तरुण दलकै सक्रियतामा टिपरहरु नियन्त्रणमा लिइएको बताइएको छ ।