मकवानपुरका एसपीको बिदाई, काभ्रेमा स्वागत !

0
Shares

न्युज अफ नेपाल, हेटौंडा,

मकवानपुरमा शान्तिसुरक्षा तथा अमनचैन कायम राख्न अहम् भूमिका निर्वाह गरी विभागले सुम्पिएको जिम्मेवारी निर्भिकतासाथ बहन गरेका प्रहरी उपरीक्षकलाई हेटौंडाबाट सम्मानपूर्वक बिदाइ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कर्मचारीमा भ्रातृत्वभावसाथ समुदायसँग सहकार्य गरी सांगठनिक उद्धेश्यप्राप्तिमा कटिवद्ध रहनुभएका उपरीक्षक मुकेशकुमार सिंहको शुक्रबार बिदाइ गरिएको हो ।

उदारहणीय प्रहरीका रुपमा आफ्नो परिचय स्थापित गर्न सफल कमाण्डर, नेतृत्वकर्ता प्रहरी उपरीक्षक सिंहलाई प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन विभाग कर्मचारी प्रशासन शाखाले पुस ४ गते महानगरीय अपराध महाशाखा टेकु काठमाडौंमा सरुवा गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रांगणमा कार्यक्रम गरी उहाँको १० महिना बसाइको समीक्षा गर्दै जिल्ला तथा मातहत एकाईंका सिप्रअ, जुप्रअ तथा जवानबाट सद्भाव व्यक्त गरी प्रउ सिंहको सफल कार्यकालको शुभकामना दिइएको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट सरुवा भएर इलाका प्रहरी कार्यालय कात्तिके देउराली काभ्रे जान लाग्नुभएका प्रहरी निरीक्षक पवनकुमार झाको समेत सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बिदाइ गरिएको छ ।