रोल्पामा ३१ करोडको खानेपानी योजना, स्थानीय हर्षित

0
Shares

महेश न्यौपाने, रोल्पा ।

रोल्पा सदरमुकाम लिवाङमा खानेपानी संवन्धि वृहत आयोजना संचालन भएको छ । एशियाली विकास वैंकको सहयोगमा संचालित उक्त आयोजनाको कुल लागत ३१ करोड ५२ लाख ४२ हजार ९६४ रहेको छ ।

गत आषाढ २६ गते संझौता भएको उक्त आयोजना १८ महिना भित्र सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । आषिश सिविए जेभिले उक्त आयोजनाको निर्माण जिम्मा लिएको लिवाङ वजार खानेपानी तथा सरसफाई उपभोक्ता समिति रोल्पाका अध्यक्ष लिलाधर आचार्यले जानकारी दिनुभयो । आयोजनावाट रोल्पा नगरपालिका वडा नं.१,२ र४ मा रहेका १ हजार ६० घरधुरीका ५ हजार ८०७ जनसंख्या लाभान्वित हुन्छन अध्यक्ष आचार्यले भन्नुभयो ।

आयोजनावाट सम्पवेल ४ वटा,रिजरवयर टंकी ८ वटा र एउटा कार्यालय भवन निर्माण हुन्छ समितिका अध्यक्ष आचार्यले भन्नुभयो । आयोजनाको मुख्य लाईन १० किलोमिटर र शाखा लाईन ४७ किलोमिटर हुने वताइएको छ । आयोजनाले एउटा सार्वजनिक सौचालय समेत निर्माण गर्ने भएको छ ।

आयोजनाका लागि ७० प्रतिशत रकम एसियाली विकास वैंकको ऋण सहायतावाट व्यहोरिने भएको छ । २५ प्रतिशत रकम नगर विकास कोषवाट खानेपानी उपभोक्ता समितिले ऋण लिएर व्यवस्थापन गरिने भएको छ । ५ प्रतिशत रकम स्थानीय उपभोक्ताले नगद लगानी गर्ने भएका छन । उपभोक्ताले लगानी गर्नु पर्ने रकम मध्ये ९० प्रतिशत वढी उठि सकेको उपभोक्ता समितिका कार्यालय सचिव टंकप्रसाद आचार्यले जानकारी दिनुभयो । वाँकी १० प्रतिशत पनि निकट भविष्यमा उठ्छ आचार्यले भन्नुभयो ।

खानेपानीको समस्या भोग्दै आएका नगरवासीका लागी आयोजन फलदायी हुने रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसीले वताउनु भयो । नगरपालिकाको मुख्य वजार क्षेत्रको रुपमा रहेका तीन वटा वडाको खानेपानी र सरसफाईको समस्या हल हुनेमा आफु आशावादी रहेको नगर प्रमुख केसीको भनाई छ । खानेपानी आयोजनालाई समयमै सम्पन्न गर्न र गुणस्तरीय कामका लागी जागरुक हुन नगर प्रमुख केसीले आग्रह गर्नुभएको छ ।

आयोजनालाई खानेपानी तथा ढल व्यवस्थापन विभाग, आयोजना व्यवस्थापन कार्यालय काठमाण्डौ र क्षेत्री आयोजना व्यवस्थापन कार्यालय नेपालगंजले व्यवस्थापन गरिरहेका छन । परामर्शदाताको रुपमा पश्चिम क्षेत्रीय डिजाईन सुपरिवेक्षण व्यवस्थापन ईटेक नेपालले गरिरहेको आयोजनाका राजेन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।