जिल्ला प्रशासनमा कर्मचारी अभाव



विनोद सिंह विष्ट, बैतडी ।

जिल्ला प्रशासन कार्यालय बैतडीमा कर्मचारी अभाव रहेको छ । कुल २२ जना दरबन्दी रहेको प्रशासन कार्यालयमा हाल १४ जना मात्रै कर्मचारी रहेका बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा १ जना राजपत्राङ्कीत प्रथम श्रेणी, १ जना राजपत्राङ्कीत द्वितीय श्रेणी,३ जना राजपत्राङ्कीत तृतीय श्रेणी,५ जना नायब सुब्वा,१ लेखापाल,२ कम्प्युटर अपरेटर, ३ खरिदार, १ हलुका सवारी चालक र ६ जना कार्यालय सहयोगीको दरबन्दी हुने गर्दछ ।

जसमध्ये हाल १ जना राजपत्राङ्कीत द्वितीय श्रेणी, १ जना राजपत्राङ्कीत तृतीय श्रेणी,१ जना नायब सुब्वा,१ कम्प्युटर अपरेटर, ३ खरिदार ,१ हलुका सवारी चालक र ६ कार्यालय सहयोगी मात्रै कार्यरत रहेका प्रजिअ पौडेलले बताउनुभयो ।

दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले विभिन्न ६ वटा समूहमा विभाजन गरेर आफ्ना ८४ भन्दा बढी सेवा प्रदान गर्ने गरेको छ । जसमा सुशासन सेवा प्रवाह, सेवा प्रवाह,भष्टाचार निवारण, अर्धन्यायिक सेवा,सामाजिक सुरक्षा सेवा र शान्ती सुरक्षा र अपराध न्यूनीकरण गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्