नेपाल पत्रकार महासंघ युएई शाखाको शुभकामना आदानप्रदान

0
Shares

भूपराज बस्याल, काठमाडौं ।

अङ्ग्रेजी नयाँ बर्षको अवसरमा नेपाल पत्रकार महासंघ युएई शाखाले शुक्रबार शुभकामना आदानप्रदान गरेको छ ।

दुबईको जाबिल पार्कमा गरिएको कार्यक्रममा युएईमा सक्रिय संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा संघका अध्यक्ष लक्ष्मण खनालको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्ने अधिकाँस वक्ताहरुले नेपाल भ्रमण बर्ष सफल पार्न पत्रकारको भुमिका महत्त्वपूर्ण हुने भन्दै भ्रमण बर्ष सफल पार्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

नेपाली समाज युएईका अध्यक्ष गोबिन्द ढकाल, निवर्तमान अध्यक्ष चन्द्र प्रसाद सापकोटा, एनआरएन युएईका अध्यक्ष प्रकाश कोइराला, मध्यपुर्व उप संयोजन मनोज गोर्खाली, नेपाली एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।