गोकर्ण रिसोर्ट लिज काण्ड नसेलाउँदै हिमा गृहमा पनि रिसोर्ट चलाउन दिने तयारी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल ट्रष्टको कार्यालयले पोखराको हिमा गृह र चितवनको लियालो बंगलालाई पनि रिसोर्ट चलाउन भाडामा दिने तयारी गरेको छ ।

गोकर्ण रिसोर्टबारे लिज सम्झौताबारे विवाद नसेलाउँदै नेपाल ट्रष्टले यस्तो योजना सार्वजनिक गरेको हो । ट्रष्टले चार ठाउँको संरचना रिसोर्ट व्यवसायका लागि भाडामा दिने तयारी गरेको हो ।

शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमा ट्रष्टका सचिव गजेन्द्रकुमार ठाकुरले हिमा गृह, दियालो बंगला, फर्पिङसहितका चार ठाउँमा रिसोर्टका लागि लिजमा दिन लागिएको बताए ।

उनका अनुसार कमलादीको २ रोपनी ४ आना, पूर्व राजा ज्ञानेन्द्र शाहको निर्मल निवास अगाडिको एक रोपनी ७ आना, लाजिम्पाटको ६ रोपनी जग्गा पनि लिजमा दिन लागिएको हो ।