तिनपिप्लेमा मिनीट्रक दुर्घटना हुदाँ दुई जनाको मृत्यु

0
Shares

न्युज अफ नेपाल, नुवाकोट ।

नुवाकोटस्थित सिसडोलमा फोहर बिसर्जन गर्न आउँदै गरेको मिनीट्रक शुक्रबार बिहान काठमाडौँको तार्केश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

फोहर बोकर पासाङल्यामु मार्ग हुँदै नुवाकोटको ओखरपौवातर्फ डम्पिङ क्षेत्र जाने सडकमा बिहान ११ बजे भएको दुर्घटनामा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी चौकी तिनपिप्लेले जनाएको छ ।

ना२क ३३८ नम्बरको मिनीट्रक दुर्घटना हुँदा चालक र धादिङको गल्छी गाउँपालिका घर भएका अन्दाजी ३० वर्षीय सहचालक कमल लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अनियन्त्रित भएर सडकबाट करीब २० मिटर तल पुगेको मिनीट्रकमा दुर्घटनापश्चात च्यापिएर उनीहरुको मृत्यु भएको हो ।

ज्यान गुमाएका चालकको भने नाम खुल्न नसकेको प्रहरीले जनाएको छ ।