काजकस्तानमा विमान दुर्घटनाः कम्तीमा ९ जनाको मृत्यु

0
Shares

एजेन्सी, काजकस्तानमा १०० जना सवार विमान दुर्घटनामा परेको छ । दुर्घटनामा परी कम्तीमा ९ जनाको ज्यान गएको छ ।

अल्माटी विमानस्थालबाट काजकस्तानको राजधानी नुरसुल्तानका लागि उडान भरेको विमान स्थानीय समय अनुसार शुक्रबार बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर ९ जनाको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । विमानमा सवार अन्य यात्रुको अवस्थाबारे भने अहिलेसम्म यकिन हुन सकेको छैन ।

विमानमा चालक दलका ५ सदस्य र ९५ यात्रु सवार थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरे अनुसार, दुर्घटनास्थल क्षेत्र वरपर बाक्लो हुस्सु लागेको छ ।

दुर्घटना मौसमको प्रतिकूलता या अन्य के कारणले भयो भन्ने खुलेको छैन ।

विमान एक संरचनामा ठोक्किएर दुईतले भवनमा जोतिएको छ। विमानमा आगो भने नलागेको बताइएको छ ।

दुर्घटनालगत्तै उद्धारकर्मीहरू घटनास्थल पुगेका छन् । उनीहरूले उद्धार कार्य गरिरहेको त्यहाँका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।