न्युज अफ नेपाल, काभ्रे ।
धुलिखेल नगरपालिका ६ स्थित धुलिखेल अस्पतालको नर्सिङ होस्टेल पछाडीबाट अपरिचित व्यक्तिहरुले डलर साट्ने बहानामा एक जनालाई ठगी फरार भएका छन् ।
उक्त मानिसहरुले रुकुम मुसिकोट नगरपालिका २ खलङगा बस्ने ३० वर्षीय पुरूषको साथबाट नगद १५ लाख रुपैयाँ बुधबार दिउँसो ठगी गरी फरार भएका हुन् ।
नम्बर नखुलेको मोटरसाइकलमा आएका अपरिचित २ जना व्यक्तिहरुले डलर साट्ने बहानामा उक्त नगद लिई फरार भएको बताइएको छ ।
फरार व्यक्तिहरुको खोजी गर्नुका साथै थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया