न्युज अफ नेपाल, धनुषा ।
जनकपुर उपमहानगरपालिका २१ कुर्था बस्ने ४० वर्षीया रानी देवी पंजियारलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक जनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने उनकै जेठाजु नाता पर्ने श्रीप्रसाद पंजियारलाई रहेका छन् ।
मिथिला नगरपालिका ९ बडहरी रेडक्रस पछाडी आँपको बगैचामा श्रीप्रसादले ती महिलालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केवर र अस्थायी प्रहरी पोष्ट बडहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी रानी देवी पंजियारको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस विषयमा आवश्यक अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया