भारत लगिदै गरेका २ सय १३ महिलाको उद्दार

0
Shares

भद्रपुर । माइती नेपालले पूर्वी नाका काँकडभिट्टाबाट एक वर्षमा २१३ नेपाली चेलीको उद्धार गरेको छ । सन् २०१९ को जनवरीदेखि हालसम्ममा मानव बेचबिखनमा सङ्लग्न दलालले झुक्याएर भारतको मिजुराम, मनीपुर, वर्मालगायतका क्षेत्रबाट र काँकडभिट्टा नाकासहित गरी २१३ नेपाली महिलाको उद्धार गरेको हो ।

वैदेशिक रोजगारीको बहाना बनाएर भारतलगायत तेस्रो मुलक लैजान लागेको अवस्थामा ८२ जनालाई सीमा नाका काँकडभिट्टाबाट घर फर्काइएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताउनुभयो । सोही अवधिमा कार्यालयमा १४४ जना महिला हराएको निवेदन परेकामध्ये ४२ जनालाई फेला पारी परिवारलाई जिम्मा लगाइएको छ भने बलात्कारको घटनामा एक जनाविरुद्ध मुद्दा दर्ता गरिएको उहाँको भनाइ थियो ।

मानव बेचविखनको ‘ट्रान्जिट’ मानिएका पूर्वको काँकडभिट्टा, पशुपतिनगर र भद्रपुर, जोगवनी नाकामा माइती नेपालले कर्मचारी खटाएर नियमित निगरानी गर्दै आएको छ । बेचविखनमा परेका पीडितको उद्धार गरे पनि हालसम्म बेचबिखनमा संलग्न व्यक्ति फरार रहेको संयोजक घिमिरेको भनाई छ । “पीडितले नै उजुरी दिन हामीलाई सहयोग गर्दैनन्”, घिमिरेले भन्नुभयो, “जसका कारण अभियुक्त फरार हुन्छन् ।