न्युज अफ नेपाल, काठमाडौँ ।
चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाहबीच बुधबार सम्बन्धविच्छेद भएको छ । न्यायाधीश विदुर कोइरालाको इजलासमा जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती शाहबीच सम्बन्धविच्छेद भएको हो ।
सम्बन्धविच्छेदका लागि श्रीमती शाहले मंगलबार निवेदन दिएकी थिइन् । शाहले ढकालबाट कुनै पनि अंश नलिने भएकी छिन् ।
यस्तै, उनीहरुकी छोरी भने आमासँगै बस्ने भएता पनि छोरीको हेरचाह भने दुवै पक्षले गर्ने भएको छ । गायक ढकाल र शाहबीच प्रेम विवाह भएको थियो।
उनीहरुबीच पछिल्लो समय अर्थिक समस्याका बारेमा खटपट रहेको कुरा बाहिर आएको थियो । अहिलेनै के कारणले ढकाल दम्पतीबीच सम्बन्धविच्छेद भएको हो भन्ने कुरा खुलाइएको छैन । तर, धेरै जनाले गायक ढकाल केही समय यता ऋणमा डुबेका कारण दम्पतीबीच सम्बन्धविच्छेद भएको हुनसक्ने अनुमान गरेका छन् ।
ढकालले गायन यात्रा सानै हुँदा नारायण गोपाल (स्वर सम्राट)को प्रसिद्ध गीतहरू गाएर शुरु गरेका थिए । उनले गाएका गीतहरु मध्ये ओराली लागेको हरिणको चाल भो गीतदेखि लोकप्रियता पाएका थिए ।











प्रतिक्रिया