चर्चित सेफ जगी भान्सा कोठामा मृत फेला

0
Shares

ऐजेन्सी । चर्चित भारतीय सेलिब्रिटी तथा टेलिभिजन प्रस्तोता सेफ जगी जोन आफ्नै घरको भान्सा कोठामा मृत फेला परेकी छन् ।

४५ वर्षीया जोने केरलास्थित तिरुवनंतपुरमको आफ्नै फ्ल्याटमा गत सोमबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । स्रोतका अनुसार जोनको मृत्यु हुँदा उनकी आमा ग्रेसी पनि सोही घरमा रहेकी थिइन् ।

तर, घटनाका बारेमा उनकी आमाले भन्दा पहिले छिमेकीले चाल पाएका थिए । जोनका एक छिमेकीले उनलाई फोन गरेका थिए । फेन नउठेपछि बुझ्न खोज्दा जोन आफ्नै भान्छा कोठामा मृत भेटिएकी थिइन् ।

मृतकको शवलाई पोष्टमार्टमका लागि पठाइएको स्रोतले जनाएको छ ।