कन्सल्टेन्सीको नाममा साढे १० लाख ठगी गर्ने गुरुङ पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कन्सल्टेन्सीको नाममा ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ कटुन्जे ९ घर भई हाल ललितपुर बस्ने ४२ वर्षीय सुमन भन्ने मान बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।

गुरुङविरुद्ध वैदेशिक रोजगारको सिलसिलामा आफूलाई रेहाना एडुकेसन कन्सल्टेन्सीको संचालक बताउदै १० लाख ५० हजार रकम ठगी गरेको बताउदै म्याग्दी मालिका ५ घर भई हाल काठमाडौं सामाखुशी बस्ने वर्ष ५० का हुमलाल गुरुङ समेतका व्यक्तिहरुले जाहेरी दरखास्त दिएका छन् ।

जाहेरी पछि क्राइम महाशाखाबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले मंगलबार दिउँसो डिल्लीबजारबाट गुरुङलाई पक्राउ गरेको हो ।

थप अनुसन्धानका लागी गुरुङलाई महानगरीय प्रहरी परिसर टेकु पठाईएको प्रहरीले जनाएको छ ।