न्युज अफ नेपाल, दाङ ।
तुल्सिपुरबाट भालुबाङ आउँदै गरेको बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । रा १ ख १४८९ नम्बरको बस घोराही उपमहानगरपालिका वडा नम्बर ३ को मुसोटखोलाको ओरालोमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते मध्ये दुईजनाको अवस्था गम्भीर छ भने अन्य यात्रु सामान्य रहेका छन् । बसको ब्रेक फेल भएर कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।
घाइते सबैको उपचार लमही अस्पतालमा भइरहेको छ ।











प्रतिक्रिया