पेस्तोलसहित एक पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका १३ घर भई हाल काठमाडौँ चुनिखेल १३ बस्ने बर्ष ३५ का रोशन बर्देवा रहेको प्रहरीले जनाएको छ ।

बर्देवालाई मंगलबार दिउँसो काठमाडौँ नगरपालिका बालुवाखानिबाट एक थान पेस्तोसहित प्रहरीले पक्राउ गरेको थियो । हात हतियार बोकेर हिँडिरहेको गोप्य सुचनाको आधारमा अपराध महाशाखाको विशेष टोलीले बर्देवालाई नियन्त्रणमा लिइ थप अनुसन्धान थालेको छ ।