न्युज अफ नेपाल, गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ को वडा कार्यालयमा मंगलबार राति अज्ञात समूहले तोडफोड गरेको छ ।
वडा कार्यालय तोडफोड भएको खबर पाउन साथ मर्भुङ्ग प्रहरी चौकी सिमलटारीबाट खटिएको टोली घटनास्थलमा पुगिसकेको छ । कार्यालयमा भएको क्षति विवरण अनुसन्धान पछि मात्र खुल्ने प्रहरीले जनाएको छ । सो तोडफोड कसले र किन गर्यो भन्ने कुराकोबारे अनुसन्धान चलिरहेको छ ।
यस्तै, कार्यालयमा रहेको रकमसमेत लुटेको प्रहरीले जनायो ।











प्रतिक्रिया